पर्यटन विभागले हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, मनास्लु, कञ्चनजंघा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् ।
यीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, धौलागिरी आरोहण शुल्कबापत ४२ लाख, कञ्चनजंघा आरोहण शुल्कबापत ३ लाख र मरियाङ आरोहण शुल्कबापत करिब २ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
पछिल्लो १ महिनाको अवधिमा हिमाल आरोहणको अनुमति लिने पर्यटक बढेका छन् । यो महिना मनास्लु हिमाल आरोहणका लागि मात्र १८६ आरोहीले अनुमति लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।