logo-img

महाकाली नदीमा जलसतह बढेर सतर्कता तह पार गर्यो

आइतबारदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीको जलसतह बढेर सतर्कता तह पार गरेको छ । 

‘महाकाली नदी पारीगाँऊ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले डडेलधुरा र कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि बिहानसम्म उच्च सतर्कता अपनाऔँ,’ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार राती साढे ९ बजे विज्ञप्ति जारी गर्दै भनेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेशका धेरै स्थानमा आज राती भारी वर्षाको सम्भावना रहेको छ । यसकारण सुदुरपश्चिम प्रदेशका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया