प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।
उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ ।
भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश सभामा रहेका ४९ जना सदस्यले हस्ताक्षर गरेर हिजो नै मुख्यमन्त्रीको रुपमा राईको दावी पेश गरेका थिए ।
यसैगरि कांग्रेसका तर्फबाट केदार कार्कीले आन्तरिक मामिला मन्त्रीको रुपमा सपथ लिने भएका छन् ।
कार्कीको नेतृत्वमा कांग्रेस प्रदेश १ सरकारमा गएको हो । दलका उप नेता हिमाल कार्कीको नेतृत्वमा सरकारमा जाने की केदार कार्कीको नेतृत्वमा सरकारमा जाने भनेर कांग्रेसले टुंगो लगाउन सकेको थिएन ।
दिनभरीको रस्साकस्सीका बिचमा कांग्रेसले केदार कार्कीको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
विराटनगर स्थित परपलहेज रिर्सोटमा भएको गठबन्धनको बैठकपछि भौतिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसका तर्फबाट हिमाल कार्की भौतिक पुर्वाधार विकास मन्त्री बन्ने छन् ।
यस्तै माओवादी केन्द्रको भागमा भने आर्थिक मामिला मन्त्रालय परेको छ । आर्थिक मामिला मन्त्रीको रुपमा इन्द्र आंवोले सपथ खाने छन् ।
यस्तै जसपाको भागमा सामाजिक विकास मन्त्रालय परेको छ । जसपाका तर्फबाट जयराम यादब मन्त्री बन्ने छन् । गठबन्धनमा रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्वाहाम्फे समाजिक विकास राज्यमन्त्री बन्ने पक्का भएको छ ।
आफू राज्यमन्त्रीको सपथ खान प्रदेश प्रमुखको कार्यालयमा जाँदै गरेको तुम्वाहाम्फेले जानकारी दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।