मुस्ताङको कोबाङमा हिमपहिरो, भागदौडमा ९ जना घाइते

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो भएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो ।

मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।

हिमपहिरोको डरले भागदौड गर्दा नौजना घाइते भएका छन् । प्रहरीका अनुसार भागदौडमा फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी सामान्य घाइते भएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १४:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया