विलियमसनले भारतविरुद्धको सिरिज गुमाउने, साउदीलाई कप्तानको जिम्मेवारी

न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सनले भारतविरुद्धको टी-२० सिरिज गुमाउने भएका छन्।

न्युजिल्याण्ड क्रिकेटले घोषणा गरेको टिममा विलियमसन अटाएका छैनन्  । टेस्ट सिरिजका लागि केन्द्रित हुने भन्दै विलियम्सनले टी-२० सिरिज नखेलेको बताइएको छ ।

विलियमनको अनुपस्थितिमा टिम साउदीले न्युजिल्यान्डको कप्तानी सम्हाल्ने भएका छन् । 

न्युजिल्यान्डले भारतविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्नेछ ।  सिरिजको पहिलो खेल बुधबार जयपुरमा हुनेछ ।

यस्तै दोस्रो खेल शुक्रबार राँची तथा तेस्रो खेल आइतबार कोलकातामा हुनेछ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १२:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया