logo-img

राेहि‌ंग्याकाे स‌ंरक्षण नगरेकाे भन्दै एम्नेस्टीले सुकीको सर्वोच्च सम्मान फिर्ता लियो

एजेन्सी– एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेता आङ सान सुकीको सर्वोच्च सम्मान ‘एम्बेसडर अफ कन्सियन्स अवार्ड’ फिर्ता लिएको छ । म्यानमारकी सर्वोच्च नेता तथा नोबेल पुरस्कार विजेता सुकीलाई घरमा नजरबन्द भएको अवस्थामा २००९ मा उक्त अवार्ड दिइएकाे थियो । 

मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले रोहिंग्या अल्पसंख्यकको मामिलामा सुकीको कदम धेरै निराशाजनक रहेको बताएको छ । 

एम्नेस्टी इन्टरनेशनलका सेक्रेटरी जनरल कुमी नाइडुले म्यानमारका नेतालाई एक पत्र लेखेर यो विषयमा जानकारी दिएका हुन् । पत्रमा सुकीलाई लेखिएको छ, ‘हामी धेरै निराश छौं, अब कुनै साहसको प्रतीक देखिएको छैन र तपाई मानवअधिकारको रक्षामा अडिग रहनुभएन ।’

राहिंग्या अल्पसंख्यकविरुद्ध भएको अत्याचारप्रति उनको व्यवहारले अवस्था नसुध्रिने देखिएको समेत उल्लेख गरेका छन् । 

कुनै समयमा इम्नेस्टी इन्टरनेशनलले सुकीलाई लोकतन्त्रको प्रकाशस्तम्भ बताएको थियो । सुकी नजरबन्दबाट रिहा भएको आठ वर्ष भइसकेको छ र यो फैसला उनी रिहा भएकै दिन आएको हो । 

एक क्रुर सैन्य तानाशाहीको विरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्दमा रहेकी सुकीको एम्नेस्टी इन्टरनेशनलले १९८९ मा राजनैतिक बन्दी घोषणा गरेको थियो । यसको २० वर्षपछि उक्त संस्थाले सर्वोच्च सम्मान फिर्ता लिएको छ ।



सुकी भन्दा पहिला नेल्सन मन्डेलालाई यो सम्मान दिइएको थियो । 

यो सम्मानले आवश्यक योग्यतासँग न्याय गर्न नपाएको भन्ने लागेर फिर्ता लिइएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । 



संयुक्त राष्ट्र संघका परीक्षकहरुले सैनिकद्वारा रोहिंग्या अल्पसंख्यकमाथि भएको अत्याचारको विरुद्ध आफ्ना अधिकारीहरु प्रयोग गरेर गलत गरेको निष्कर्ष निकालेका छन् । 

सुकी २०१६ मा सत्तामा आएकी हुन् । तर उनलाई अन्तर्राष्टिय दबाव निकै रहेको थियो । एम्नेस्टी इन्टरनेशनलले रोहिंग्या अल्पसंख्यकलाई सेनाले गरेको अत्याचारको विरोध गर्न दबाव दिइरहेपनि उनी अहिलेसम्म केही बोलेकी छैनन् । 

रोहिंग्या मुसलमानको हत्याको अनुसन्धान गर्ने न्यूज एजेन्सीका दुई पत्रकारको गिरफ्तारीको समर्थन गर्नाले पनि सुकीको निकै आलोचना भएको थियो । 


 

  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १०:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया