कांग्रेस अधिवेशनका लागि चार दिन विद्यालय बन्द गर्न पत्राचार

नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै बैतडीको दशरथचन्द नगरपालिकाले चार विद्यालयलाई तीन दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ ।

नगरपालिकाले सदरमुकाम आसपासका वीरेन्द्र मावि, दशरथचन्द मावि, जगदम्बा मावि र दशरथचन्द आधारभूत विद्यालयलाई पठनपाठन बन्द गरी भवन र फर्निचरसमेत उपलब्ध गराइदिन आग्रह गरेको छ ।

दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा बैतडीमा कांग्रेसको १४औं जिल्ला अधिवेशनका लागि मंसिर ४ देखि ७ गते सम्म चार दिनका लागि विद्यालय बन्द गर्न माग गरिएको छ ।

वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजियाले विद्यालयलाई पत्र आइसकेपछि यस विषयमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाइएको जानकारी दिएका छन् ।

‘बुधबार ३ बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी तीन दिन विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । विद्यालयले यसरी बन्द गराउन नमिल्ने होला भनेर हामीले माथिल्लो निकायलाई पत्र पठाएका छौं । जवाफ भने आएको छैन’, उनले भने ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १४:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया