logo-img

काठमाडाैंमा विहानै हल्का वर्षा, यस्ताे रहनेछ आजकाे माैसम

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश-१ मा  आंशिकदेखि सामान्य बदली भई बांकी प्रदेशहरूमा सामान्यतया बदली रहेको छ ।

आज(शुक्रबार) दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरूमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिकदेखी सामान्य बदली रहने छ।

सूदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएकाे छ ।

राति सूदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरूमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरूमा आंशिक सामान्य बदली रहने छ । 



सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया