logo-img

हल्का वर्षासँगै पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

आज देशका केही स्थानमा हल्कादेखि आंशिक वर्षाको सम्भावना रहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशको धेरै स्थानमा सामान्य वर्षाको सम्भावना रहेको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र  गण्डकी प्रदेशमा  सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ  । त्यस्तै, भोलि  पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

बागमती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जारी गरेको  मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । 
 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया