कांग्रेस महाधिवेशनको आर्थिक समितिमा उद्योगी–व्यवसायीको वर्चस्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा सल्लाहकार तथा सदस्यहरु मनोनयन गरिएको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिमा चार सल्लाहकार र १० सदस्य गरी १४ जना मनोनीत भएका छन् । 

आर्थिक समितिमा मनोनीत भएका अधिकांश उद्योगी–व्यवसायी छन् । समितिको सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी र पाल्देन गुरुङलाई मनोनयन गरिएको छ । 

त्यसैगरी सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुंगटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई मनोनयन गरिएको छ । 

कात्तिक २८ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सञ्चारमन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकमा चयन गरेको थियो । समितिलाई १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्च जुटाउने जिम्मेवारी दिइएको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २१:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया