नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशन अन्तर्गतको चुनावको मतगणना भइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मतपत्र भेटिएका हो ।
मत बढी भेटिएपछि मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा ४१७ मत गनिसकेपछि बाँकी रहेका मत पेटिका खोलेर जम्मा मतपत्र संख्या गन्दा ७६५ पुगेको उम्मेदवारहरूले गुनासो गरेका छन् ।
खसेको भन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।