कांग्रेस महाधिवेशन : बैतडीबाट प्रतिनिधिमा २६ जना विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधिहरू चयन भएका छन् । मंगलबार सम्पन्न भएको मतदानको शुक्रबार बिहान अन्तिम परिणाम आएको हो । महाधिवेशन प्रतिनिधिमा पनि सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ । 

२६ जना महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन् भने शिवराज भट्ट समूहबाट १० जना निर्वाचित भएका छन् । 

खुला सदस्यमा भट्ट समूहबाट केशवबहादुर चन्द, हरिमोहन भण्डारी, उत्तरबहादुर ऐर, कर्णसिंह साउँद, दीपकबहादुर बम र कृष्णसिंह नायक विजयी भएका छन् । यस्तै चन्द समूहबाट दिनेशप्रसाद भट्ट, लोकराज अवस्थी, दिनेशबहादुर चन्द र नरेन्द्रसिंह थापा विजयी भए ।

खुला महिला सदस्यमा चारै जना चन्द समूहबाट विजयी भएका छन् । पुनम पाल बम, जानकी भट्ट, तुलसी ठगुन्ना र मीना चन्द निर्वाचित भएका छन्।

यस्तै खस आर्य पुरुषतर्फ चन्द समूहबाट दिपेन्द्र बम, सुरेन्द्रसिंह ऐर र नरेन्द्रप्रसाद भट्ट र भट्ट समूहबाट तेजबहादुर चन्द र कपील केसी विजयी भएका छन् ।

यस्तै खस आर्य महिलातर्फ भट्ट समूहका कान्ता चन्द शाही र सरस्वती कोली निर्वाचित भएका छन् भने चन्द समूहबाट कौशिला चन्द र लक्ष्मी शाह चन्द निर्वाचित भएका छन् ।



यस्तै अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट र दलित समूहबाट चन्द समूहकै सुरत पार्की विजयी भए ।

आदिवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।  यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ ।



  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ९:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया