नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई फेरि सुबाटोमा ल्याउनु पर्ने बताएका छन् ।
नेकपा एमालेको महाधिवेशन चितवनमा बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले पार्टीमा ८ लाखभन्दा बढी सदस्यको साथ र सहयोग भएकाले अहिलेको अवस्थामा पार्टी पुगेको बताएका छन् ।
उनले साझा प्रयासबाट काम गरिरहेको पनि बताएका छन् । उनले आफूहरुले गरेको काम राम्रो भएकाले व्यापक रुपमा विदेशबाट पाहुनासमेत आएको बताएका छन् । उनले विदेशबाट आएका नेताहरुको शुभकामनाका लागि आफूले धन्यवाद भन्न चाहेको पनि बताएका छन् ।
ओलीले यसपटक एमाले नेतृत्वमा सर्वसम्मत रुपमा नेताहरुले ल्याउने प्रयास गरेका छन् । तर, उनको यो चाहनामा उनीनिकट नेताहरु नै बाधक बनिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।