नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले संविधान निर्माणका लागि विशेष भूमिका खेलेको स्मरण गरेका छन् ।
सौराहामा पार्टीको महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टीलाई सही दिशामा अगाडि बढाएको मात्र बताएनन्, उनले हिजो संविधान निर्माणका लागि आफूहरुले ठूलो भूमिका खेलेको पनि बताएका छन् ।
उनले लोकतन्त्रको मियो अहिले नेकपा एमाले भएको बताएका छन् । उनले लोकतन्त्र, प्रजातन्त्रलगायतका विषयको निर्णायक आन्दोलन गर्ने निर्णायक भूमिकामा एमाले रहेको पनि बताएका छन् ।
उनले सही नीति तय गरेर आफूहरु अगाडि बढेको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।