न्युन चापीय प्रणालीको प्रभाव कायमै : तराईमा हुस्सु र तीन प्रदेशमा हिमपातको सम्भावना
फरकधार / १३ मंसिर, २०७८

नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश​ तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो । 



सोमबार बिहान पहाडी भू-भागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश-१, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ६:५७:१४,   अन्तिम अपडेट : मंसिर १३, २०७८ साेमबार ७:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया