नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशको मतगणना सुरु भएको छ । शनिबार विहानबाट पोखरामा भएको मतदानमा ११४६ मत खसेको थियो ।
कांग्रेस गण्डकी प्रदेशको सभापतिका लागि शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिएका छन् ।
आठ बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म १ सय मत गनिएको छ ।
योमध्ये ५० मत शर्माले पाएका छन् भने जोशीले ५० मत पाएका छन् । आज रातभरमा मतगणना सकिएर नतिजा आउने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।