नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।
यसअघि २ सय मत गन्दा पौडेल पक्षका उम्मेदवारले अग्रता लिएका थिए । अब थप सय मत गन्दा देउवा पक्षधर उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार ३ सय मत गन्दा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार अर्जुनप्रसाद जोशीले १ सय ५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी शुक्रराज शर्माले १ सय ४८ मत पाएका छन् ।
गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।