चाक्सीबारी बैठकले आज पनि टुङ्ग्याएन साझा उम्मेदवार, प्रकाशमान सभापति छोड्न मानेनन्

नेपाली कांग्रेसको संस्थापन इतर समूहको आज बसेको बैठकले सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन सकेन । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूको आफ्नो अडानका कारण साझा उम्मेदवारको टुङ्गो लाग्न नकसेको हो । यो समूहले साझा उम्मेदवार छान्नका लागि तीन दिनेदेखि कसरत गरिएको छ ।

यो समूहबाट चार जना सभापतिको आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला शशांक कोइराला सभापतिको आकांक्षी रहेका छन् । स्रोतका अनुसार नेताहरूले आफ्नो अडान नछोड्दा सभापतिको साझा उम्मेदवार छान्न नसकिएको हो ।

आजको बैठकले नेता सिंहले आफूले सभापतिको दाबीबाट पछि नछोड्ने अडान लिएका थिए । उनले आफूलाई समर्थन गर्न नेताहरूलाई आग्रह गरेका थिए ।

त्‍यस्तै, नेता शेखर कोइरालाले पनि आफूलाई सभापतिमा समर्थन गर्नु पर्ने अडान राखेको स्रोतको भनाइ छ ।

आजको बैठकले सहमति जुटाउन नसकेपछि सभापतिका आकांक्षी बाहेकका युवा नेताहरूको बैठक भोलि बिहान बस्ने भएको छ । साझा उम्मेदवार छान्नेका लागि दबाब दिन भोलि बिहान पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्ड युवा नेताहरूको बैठक बस्ने भएको हो ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १८:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया