कांग्रेस अधिवेशन : सर्लाही-२ मा संस्थापन इतर विजयी, जिल्ला सभापति पराजित

नेपाली कांग्रेसको सर्लाही–२ क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ । बिहीबार सम्पन्न मतगणनाअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो । 

निर्वाचन परिणामअनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् ।

क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कौशल किशोर राय विजयी भएका छन् । उनी पनि संस्थापन इतरका हुन् ।  

महाधिवेशन प्रतिनिधिमा इतर नै हावी, जिल्ला सभापति हारे

महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ । जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बाट प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन् । 



दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरिणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाति कोटाको सहारा लिएर महाधिवेशन प्रतिनिधि बने ।

यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचको हारजितको रूपमा हेरिएको छ । 



क्षेत्र नम्बर ३ मा भने  मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन् । 

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ९:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया