कांग्रेस अधिवेशन : बोहराटारमा संस्थापन इतरको बैठक जारी, पौडेल नै उम्मेदवार बन्ने सम्भावना

संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेस सभापति पदको उम्मेदवार बन्ने सम्भावना बढेको छ । ११ बजेअघि नै उम्मेदवार तयार गर्नेगरी छलफल भइरहेको छ । 

पौडेलनिवास बोहराटारमा जारी बैठकमा प्रकाशमान सिहंबाहेक सभापतिका दाबेदारहरू महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला छन् । 

अन्य नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत पनि बैठकमा सहभागी छन् । नेता जगदिश्वर नरसिंह केसीले नेता पौडेललाई सभापति पदको उम्मेदवार बनाउने गरी छलफल भइरहेको बताए । 

तर, बैठकले टुंगो लगाउन बाँकी छ । जिल्ला हुँदै प्रदेश अधिवेशन सकिदासम्म सभापति शेरबहादुर देउवा बलियो देखिएपछि पौडेल नेतृत्वको इतर पक्षले साझा उम्मेदवारबारे छलफल गरेको हो । 

छलफल भने निष्कर्षविहीन हुँदै आएको छ । र, पूर्वमहामन्त्री सिंह एक्लै अगाडि बढ्ने भएका छन् । उनको एजेन्डा साढे १० बजेपछि सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १०:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया