कांग्रेसको भद्दा प्रचारले टुँडिखेललाई बनायो कुरूप (फोटो फिचर)

गत शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन धुमधामका साथ सुरु भएको छ । महाधिवेशनमा नेताहरूले बिभिन्न गुट/प्यानलबाट उम्मेदवारी दिए । केहीले फिर्ता पनि लिइसके । महाधिवेशनको कार्यतालिका अनुसार भोलि (सोमबार) पदाधिकारीको निर्वाचन हुँदैछ । 

महाधिवेशनमा बिभिन्न पदमा उठ्ने उम्मेदवारले भने प्रचारप्रसारमा नयाँ शैली अपनाउन सकेको देखिएन । उही पुरानै शैली– ठूला ब्यानर, प्लेक्स भित्ताभरी टाँस्ने वा झुण्ड्याउने । 

यसरी ब्यानर प्लेक्स झुण्ड्याउनेमा केन्द्रीय सदस्यकादेखि सभापतिका उम्मेदवारसम्म छन् । अरू त अरू प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको फ्लेक्ससमेत आकाशे पुलमा झुण्ड्याइएको छ । 

अन्य बेला प्रविधिका कुरा गरेर नेताहरू नथाके पनि निर्वाचनको समयमा भने प्रविधिको प्रयोग गरेको खासै प्रयोग गरेको देखिँदैन । केही नेताहरूले ‘ग्रुप एसएमएस’ पठाउने शैली अपनाए पनि बाँकी सबैले पुरानै ढर्रा छोड्न सकेका छैनन् । नेताहरूको प्रचार सामग्रीले टुँडिखेलको सुरक्षाको लागि निर्माण गरिएको बार र आकाशेपुल ढपक्कै ढाकिएका छन् । शहीद गेटको बारमा पनि कतै ठाउँ बाँकी छैन । हेर्दा लाग्छ– उम्मेदवारलाई काठमाडौंको अझ भनौँ टुँडिखेल र शहीदगेटको सौन्दर्यसँग कुनै मतलब नै छैन । 

ठाउँ नपुगेर होला उम्मेदवारले आफ्ना ब्यानर र प्लेक्स एकमाथि अर्को झुन्ड्याएका छन् । आफ्नो प्रचार गर्दा अरूको प्रचार सामग्री बिगार्नु/छेकिनु हुँदैन भन्ने हेक्कासमेत गरेको देखिँदैन । उम्मेदवारको यस्तो प्रचारप्रसार शैलीले तडकभडक त देखाउँछ नै अझ बढी निर्वाचन कति खर्चिलो बन्दैछ भन्ने पनि उजागर गरेको छ ।



भद्दा प्रचारले टुँडिखेललाई बनायो कुरूप :



  

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १३:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया