फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । पिएसजीले घरेलु मैदानमा मोनाकोलाई २–० ले पराजित गरेको हो । टोलीका लागि दुवै गोल केलियन एमबाप्पेले गरेका थिए ।
पार्क डेस प्रिन्सेसमा खेलको १२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई अग्रता लिएक थिए ।
पेनाल्टी बक्समा एन्जल डि मारियालाई डिजव्रिल सिडिवेले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै पिएसजीलाई पेनाल्टी दिएका थिए, जसमा एमबाप्पे चुकेनन् ।
४५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा पिएसजीले सहज जित हात पार्यो । यो जितसँगै पिएसजी १८ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा पराजित मोनाको २६ अंकका साथ आठौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।