‘शशांक शेखरकै प्यानलमा हुनुहुन्छ, देउवा प्यानलले भ्रम फैलायो’
फरकधार / २७ मंसिर, २०७८

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरू अन्तिम कसरतमा छन् । 



मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ ।



तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ ।



शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए ।  तिवारीले भने,  ‘उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् । तर, समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’ 

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । 

शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् । 

  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ९:४६:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया