logo-img

शेखर भन्छन् - मेरै नेतृत्वमा कांग्रेस आउँदै छ

मतदानपछि कांग्रेस सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले जीत सुनिश्चित भएको दाबी गरेका छन् । पहिलो चरणमै निर्वाचित हुने र निर्वाचन दोस्रो चरणमा नजाने पनि उनी बताउँछन् ।

जीत सुनिश्चित भएको आधार भने उत्साही मतदाताहरूले दिएको परिवर्तनको नारा र उनीहरूको शारीरिक हाउभाउ भएको बताए । 

‘एकदम उत्साही मतदाताहरू भेटेँ मैले । उहाँहरूको परिवर्तनको नारा दिइरहनुभएको छ र मलाई के लाग्छ भने मतदाताहरूको उत्साह देख्दाखेरि मेरो विजयी सुनिश्चित छ’, उनले पत्रकारहरूसँग भने, ‘मान्छेको शारीरिक हाउभाउ हुन्छ । मलाई मास्क लगाउँदा पनि देख्ने बित्तिकै चिन्नुहुन्छ । म त जिल्ला जिल्ला र गाउँगाउँ घुमिरहेको छु । उहाँहरूले मलाई चिन्नुहुन्छ । माया गर्नुहुन्छ । पहिलो चरणमै जित्छु भन्ने लाग्छ । दोस्रो चरणमा जान्छ जस्तो लाग्दैन ।’

उनले कांग्रेस आफ्नै नेतृत्वमा आउने र गतिशीलसँगै ऊर्जावान कांग्रेस बनाउने चाहना रहेको बताए । पार्टीलाई विधिसम्मत हिँडाउने र पार्टीलाई उत्तरदायीसँगै नेतृत्वलाई जवाफदेही बनाउँदै निर्णय पारदर्शी ढंगले गर्ने उनको भनाइ छ ।

सभापति पदमा उनका प्रतिस्पर्धीहरू शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ छन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया