नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गरिँदैछ ।
आज भएको मतदानको मत गणना सुरु गर्न लागिएको हो ।
यसका लागि सम्पूर्ण तयारी सकिएको बताइएको छ । आज भएको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला सभापतिका लागि प्रतिस्पर्धी थिए ।
यसअघि भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन मंगलबार भएको हो । निर्वाचनमा शेरबहादुर देउवालाई यसअघि पहिलो चरणका सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिको पनि साथ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।