प्रदेश २ काे प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् ।
प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुईवटा अध्यादेश प्रदेश सभामा पेस गर्न लाग्दा लोसपाका प्रमुख सचेतक परमेश्वर साहले विरोध जनाएका हुन् ।
सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री साहलाई प्रदेश सभामा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेस गर्न अनुमति दिँदा प्रमुख सचेतक साहले विरोध जनाए ।
साहले अध्यादेशमार्फत सरकार चल्न नसक्ने र यो अध्यादेश प्रदेश सभालाई छलेर अधिवेशन अन्त्य गरी ल्याइएकोले गैरसंवैधानिक रहेको आरोप समेत लगाए ।
साहको विरोधपश्चात लोसपाका सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए ।
विरोधपश्चात् सभामुख यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।