प्रकाशमान र निधिलाई गगनको प्रश्न - ६ घण्टाभित्र के भयो ?

नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले पार्टी नेतृत्व बदल्ने कुरामा सोमबार मध्यरातसम्म नेताहरूबीच एकमत रहेको बताएका छन् ।

त्यसपछिका ६ घण्टामा भने नेतृत्व बदलिए बर्बादै हुन्छ भन्ने पक्षमा सभापति पदका उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधि पुगेको आरोप लगाए ।

उनले भनेका छन्, ‘मध्यरातसम्म कांग्रेसको यो नेतृत्व भयो भने कांग्रेस डुब्छ । देश डुब्छ । लोकतन्त्र डुब्छ । कांग्रेस प्रजा परिषद हुन्छ । अनि एकाबिहानै यो नेतृत्व दोहोरिएन भने बर्बाद हुन्छ । डुब्छ । त्यसकारणले गर्दा अहिलेकै नेतृत्वलाई मत माग्नुपर्छ भन्दै गर्दा किन बदलियो ? त्यो ६ घण्टाभित्र के भयो ? किन बदलियो ? प्रश्नले लखेट्छ ।’

सभापति पदमा शेखर कोइरालाको मत कम आएको भए र अन्य नेताहरूको मत बढी भएको अवस्थामा शेखरले दोस्रो बढी मत पाएका उम्मेदवारलाई समर्थन गर्ने पनि दाबी गरे ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १७:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया