मलाई एक ठाउँमा पनि चुक्ने र एक मिनेट थाक्ने छुट छैन- गगन थापा

नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका गगन थापाले नेपाली कांग्रेसलाई सबैले भरोसा गर्ने सक्ने पार्टी बनाउनु पर्ने बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालयमा संचारकर्मीसँगको कुराकानीका क्रममा उनले उनले पार्टी कार्यकर्ताहरूको सतप्रतिशत विश्वास जित्ने वातावरण सिर्जना गर्ने बताए ।

उनले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने विश्‍वास दिलाए । महाधिवेशन प्रतिनिधिहरूलाई भनेका कुरा पूरा गर्न तयार रहेको उल्लेख गर्दै उनले आफ्नो लिखित प्रस्तावअनुसार नै अगाडि बढ्ने बताए ।

'एक दिन पनि चुक्ने सुविधा मसँग छैन ।
एक ठाउँ पनि बिग्रने सुविधा मसँग छैन । थाक्ने सुविधा मसँग छैन  । चार वर्षका लागि जुन मत मैले पाएको छु मैले जिम्मेवारी धेरै बहन गर्न तयार हुनु पनि हो । मैले  इमान्दारितापूर्वक परिपक्व ढंगबाट यो जिम्मेवारी पूरा गर्छु' उनले भने ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १६:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया