राष्ट्रिय टिमभित्र गुट बनाएको आरोप निराधार हो : ज्ञानेन्द्र मल्ल
फरकधार / २ पुस, २०७८

नेपाल क्रिकेट संघ (क्यान) को बारबाहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् ।



पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन् । चार खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण आउन सक्ने बताएका छन् ।

पूर्व कप्तान मल्लले आफूहरू संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न पटक पटक आग्रह गरेका हुन् । यस्तै, मल्लले राष्ट्रिय टिमभित्र आफूले गुट बनाएको आरोप निराधार रहेको बताउँदै वर्गीकरणको विषयलाई उठाउँदै यति कारबाही नहुनु पर्ने बताए । आफूहरूलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।



क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस भन्दै क्यानसँग अपिल गरेका हुन । आफूहरूलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।



क्यानको कारबाहीमा परेका खेलाडीले पछिल्लो समय खेलाडीको वर्गीकरणको विषयलाई लिएर असन्तुष्टि जनाउँदै अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर क्यानले स्पष्टि करण पनि मागेको थियो । तर स्पष्टिकरण चिक्तबुझ्दो नभएको र खेलाडी अनुशासन भन्दा बाहिर गएको भन्दै कप्तान, उपकप्तान सहितका चार खेलाडीलाई कारबारी गरेको थियो । कप्तान र उपकप्तानको जिम्मेवारी खोस्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवार दिइएको थियो । 

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १८:५७:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया