बैतडीमा एक काेराेना संक्रमितकाे मृत्यु

बैतडीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बैतडी जिल्ला अस्पतालमा भर्ना भएका  दशरथचन्द नगरपालिका वडा-१ का ८५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

बिहीबार दिउँसो मात्रै कोरोना पुष्टि भएर जिल्ला अस्पताल भर्ना भएका वृद्धको शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए ।

बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ ।
 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ९:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया