कांग्रेस केन्द्रीय सदस्य मतगणना : ८०० मत गन्दा शशांकको अग्रता कायमै, दुई मन्त्री पछि-पछि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय सदस्य (खुला)तर्फको मतगणनामा निवर्तमान महामन्त्री शशांक कोइराला पहिलो नम्बरमा छन् । 

मतगणनामा ८०० मत गन्दा शशांक कोइराला पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाण छन्। तेस्रो स्थानमा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन्।

त्यस्तै, चौथोमा रामहरि खतिवडा, पाँचौँमा अर्जुननरसिंह केसी, छैटौँमा रमेश लेखक, सातौँमा एनपी साउद, आठौँमा रामशरण महत र नवौँमा दिलेन्द्र प्रसाद बडू र १०औँ स्थानमा बलबहादुर केसी छन्। 

शशांकलाई सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइराला दुवैले आफ्नो टिममा राखेका थिए। शशांक कोइरालाबाहेक खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको अग्रता कायमै छ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १७:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया