कांग्रेस खुला केन्द्रीय सदस्य : २३९३ मत गन्दा कसले कति मत पाए? (सूची)

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार मध्यरातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५ औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६ औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।  

एक हजार मत कटाउने नेताहरू :

१)  डा शशांक कोइराला :- १९७१

२)    एनपी साउद :- १५३८

३)    बाल कृष्ण खाँण :- १५०७



४)    रमेश लेखक :- १४५१

५)    ज्ञानेन्द्र बहादुर कार्की :- १४२३



६)    उदय शम्शेर राणा :- १४४५

७)    रामहरी खतिवडा :- १३९५

८)    अर्जुननरसिंह केसी :- १३८३

९)    गोपाल मान श्रेष्ठ :- १३२३

१०)    जिप छिरिङ लामा :- १३१२

११)    जितजंग बस्नेत :- १२८३

१२)    नैन सिंह महर :- १२८२

१३)    डा रामशरण महत :- १२८१

१४)    सुनिल बहादुर थापा :- १२४६

१५)    बल बहादुर केसी :- १२३३

१६)    दिलेन्द्र प्रसाद बडू :- १२३१

१७)    मोहन बहादुर बस्नेत :- १२०२

१८)    दिपक गिरि :- ११७४

१९)    सुरेन्द्र राज पाण्डे :- ११५१

२०)    कुन्दन राज काफ्ले :- ११४३

२१)    सञ्जय कुमार गौतम :- १००१

९ सय कटाउने :

२२) प्राडा गोविन्दराज पोखरेल :- ९६२

२३) राजीव ढुंगाना :- ९३५

२४) डा. गोपाल दहित :- ९३१

२५) कृष्णकिशोर घिमिरे :- ९२९

२६) दिनेश कोइराला :- ९२५

२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

२८) इ मोहन आचार्य :- ९१३

२९) अजयबाबु सिवाकोटी :- ९०९

३०) मदन बहादुर अमात्य :- ९०८

आठ सय कटाउने:

३१) उमेश जंग रायमाझी :- ८९१

३२) गणेश लामा :- ८८८

३३) मंगल प्रसाद थारु :- ८७१

३४) मनोज मणि अचार्य :- ८५४

३५) केदार कार्की :- ८१९

३६) यज्ञ बहादुर थापा :- ८०७

थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आज आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ६:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया