नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा डिला संग्रौलाले अग्रता बनाइरहेकी छन् ।
३८५० मत गणना हुँदा उनले २४१४ मत पाएकी छन् । दोस्रो नम्बरमा पुष्पा भुसालले २२९२ मत पाएकी छिन् ।
सभापति शेरबहादुर देउवापत्नी आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६ मत पाएका छन् ।
त्यसैगरी, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।
खुला महिला केन्द्रीय सदस्यमा ३० जना उम्मेदवार रहेका छन् । जसमध्ये ९ जना विजयी हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।