महाधिवेशन उद्घाटन भएको १४ दिनमा बल्ल सकियो कांग्रेसमा मतगणना

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । 

मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो । 

महाधिवेशन उद्घाटन भएको १४ औं दिनको दिन मतगणना सकिएको हो । कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो ।

सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । 

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । 



सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । 

पदाधिकारी र केन्द्रीय सदस्य अन्तर्गत विभिन्न क्लस्टर अनुसार भएको मतदानमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत बढी पदमा जित हात पारेको छ ।



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १९:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया