सन्जय दत्तका खतरनाक लुक्स जसले चर्चा पायो बलिउडमा

एजेन्सी– बलिउड अभिनेता सन्जय दत्त अभिनयका कारण मात्र होइन, खतरनाक लुक्सका कारण पनि चर्चामा आइरहेका हुन्छन् । उनले फिल्म पानीपतमा होस् या खलनायकमा निर्वाह गरेको भूमिका मात्र होइन, उनको लुक्स पनि चर्चामा आइरहेको हुन्छ । 

सन् १९९३ मा आएको खलनायकमा सन्जय दत्तले एउटा आतंककारीको भूमिका खेलेका थिए । सुभाष घईले निर्देशन गरेको यो फिल्ममा ज्याकी श्राफ प्रहरी अधिकारीको भूमिकामा थिए । यो त्यति बेलाको फिल्म हो, जतिबेला सन्जय दत्तको नाम मुम्बई धमाकामा पनि जोडिएको थियो । 

त्यसपछि सन् १९९९ मा आएको फिल्म कारतूसमा पनि सन्जय दत्तको भूमिकाबारे लामो समय बहस भएको थियो । यसमा उनले लामो कपाल पालेका थिए । अपराधी राजाको भूमिकामा देखिएका सन्जय दत्तको यो फिल्ममा मनिषा कोइराला सहअभिनेत्री थिइन् । 

त्यही वर्ष आएको वास्तवमा सन्जय दत्तको लुक्सको चर्चा लामो समयसम्म भइरह्यो । उनले यो फिल्ममा गरेको अभिनयलाई अहिले पनि निकै प्रशंसा गरिन्छ । त्यो वर्ष सबैभन्दा धेरै कमाउने ििफल्मको सूचीमा पनि यो फिल्म परेको छ, यो फिल्मकै कारण सन्जयले त्यो वर्ष फिल्म फेयर अवार्ड पनि पाएका थिए । 

सन् २००१ मा आएको काँटे फिल्म पनि सन्जय दत्तका राम्रा फिल्महरुमा गनिन्छ । यसमा उनी एउटा चोरको भूमिकामा थिए । यसपछि सन् २००४ मा आएको फिल्म प्लान र सन् २०१२ मा आएको सन्जयको फिल्म अग्निपथको लुक्स पनि सबैले चर्चा गर्ने विषय हो । सन् २०१९ वा केही अघि मात्र रिलिज भएको सन्जय दत्तको फिल्म पानीपतमा पनि उनको लुक्सलाई लिएर धेरैले चर्चा गर्छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार २१:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया