एक गिलास पानीकाे चमात्कार

तपाईंको पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । पानीले प्यास मेट्ने मात्र गर्दैन, यसको नियमित सेवनले सम्भावित कैयौँ रोगबाट पनि रक्षा गर्छ । पानी कुनै रोगको उपचार होइन । तर, पानीले पेटको सफाइ गर्ने काम गर्छ । मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो । बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक छ । खाली पेटमा चिसोभन्दा पनि मनतातो पानी पिउन जरुरी हुन्छ । यी हुन् खाली पेटमा पानी पिउँदाका पाँच फाइदा :

पाचन प्रक्रियामा सुधार
पानी शरीरका लागि अत्यावश्यक पेय पदार्थ हो । विभिन्न खाद्यपदार्थबाट पनि पानीको मात्रा पाइन्छ । तर, यतिले मात्र शरीरका लागि पानी पर्याप्त हुँदैन । बिहान उठेर खाली पेटमा एक गिलास पानी पिउँदा पाचन प्रणालीमा सकारात्मक असर पुग्छ । यदि तपाईंलाई ट्वाइलेट जान समस्या छ भने पनि यसरी बिहान पिएको पानीले राहत प्रदान गर्छ । सहज रूपमा दिसा गर्न पनि नियमित पानी पिउनु उपयुक्त हुन्छ ।

शरीरको सफाइ
खाली पेटमा पानी पिउँदा शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन सहज हुन्छ । तपाईं जति पानी पिउनुहुन्छ त्यति नै तपाईंको शरीर स्वस्थ रहन्छ । खाली पेटमा
पानी पिउँदा ग्यास्ट्रिकले पेट फुल्ने समस्याबाट पनि बचाउँछ ।

ठूलो आन्द्राको सफाइ
पानीले ठूलो आन्द्राको सफाइ गर्न मद्दत गर्छ । खाली पेट ठूलो एक गिलास पानी पिउँदा पेटमा जम्मा भएको दिसा बाहिर निस्कन सहज हुन्छ । जसले खानाबाट सजिलै पौष्टिक तत्व ग्रहण गर्न मद्दत पुग्छ । यदि तपाईंको ठूलो आन्द्रा स्वस्थ छ भने सम्पूर्ण रूपमा स्वस्थ रहन सक्नुहुन्छ ।

भोक बढाउँछ
हामी सबैलाई थाहा छ कि नियमित खाना हाम्रो लागि अत्यावश्यक छ । खाली पेट पानी पिउने बानीले भोग लाग्न सहयोग पु-याउँछ । त्यसैले बिहान उठेर एक गिलास पानी पिउनुस् । यसो गर्दा बिहान खाने खाजा पनि सजिलै पच्न सहयोग गर्छ ।

टाउको दुखाइबाट मुक्त
कैयौँ मानिसलाई नियमित टाउको दुख्ने समस्या हुन्छ । यसको कारण पर्याप्त मात्रामा पानी नपिउनु पनि हुन सक्छ । निर्जलीकरण टाउको दुखाइको प्रमुख कारणमध्ये एक हो । पर्याप्त मात्रामा पानी पिउँदा निर्जलीकरणको समस्याबाट बच्न सकिन्छ । एक गिलास पानीबाट दिनको सुरुवात गरेमा टाउको दुखाइको समस्याबाट पनि मुक्त हुन सकिन्छ । निर्जलीकरणबाट मुक्त हुन आवश्यकताअनुसार दिनभर नै पानी पिउनुपर्ने हुन्छ । यस्तो बानीले टाउको दुखाइ मात्र नभएर श्वासप्रश्वास र मुखमा हुने ब्याक्टेरिया संक्रमणबाट पनि बचाउँछ ।



तौल घटाउन
यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने खाली पेट पानी पिउन जरुरी छ । खाली पेटमा पानी पिउँदा २४ प्रतिशतले मेटाबोलिक रेट बढेर जान्छ । यसरी पिएको पानीले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । जसले बिस्तारै तौल घटाउन पनि भूमिका खेल्छ । पानीमा क्यालोरी नहुने भएकाले यसले स्वास्थ्यमा कुनै असर पु-याउँदैन । प्रत्येक दिन चारदेखि पाँच लिटर पानी पिउनुलाई स्वस्थकर मानिन्छ ।

आलस्य हटाउँछ
आलस्य या सुस्त भएको महसुस गरिरहनुभएको छ भने खाली पेटमा एक गिलास पानी पिउनुस् । खाली पेटमा पाएको पानीले रक्तकोषिका बढाउन मद्दत गर्छ । रगतमा बढी मात्रामा रक्तकोषिका भएमा शरीरले बढी अक्सिजन प्राप्त गर्छ । जसले शरीरलाई ऊर्जा प्रदान गर्छ ।



सफा छाला
खाली पेटमा पानी पिउने बानीले छालासमेत सफा हुन्छ । जब तपाईंको शरीरमा अधिक विषाक्त पदार्थ हुन्छ तब छालामा विभिन्न खालका दाग र धब्बा देखिन थाल्छ । त्यसैले पानी पिउँदा शरीरमा भएको विषाक्त पदार्थ राम्रोसँग शरीरबाट बाहिर निस्कन्छ । जसले गर्दा छाला सफा बन्छ ।

प्रतिरक्षा क्षमता वृद्धि
खाली पेटमा पानी पिउने बानीले शरीरको प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्छ । जब हाम्रो प्रतिरक्षा प्रणाली स्वस्थ हुन्छ तब हरेक प्रकारका रोग र संक्रमणबाट टाढा रहन सक्छौँ ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार २१:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया