logo-img

जोर्डनको संसद भवनमा सांसदहरूबीच मुक्कामुक्की, भुइँमै ढले उपसभामुख

जोर्डनको संसदमा सांसदहरूबीच झडप भएको छ । संविधान संशोधनको विषयमा विवाद र चर्काचर्की हुँदा सत्ता पक्ष र विपक्षी सांसदबीच संसदभित्रै झडप भएको हो ।

सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवादले उग्ररूप लिएको थियो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसद एकअर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् ।

उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो ।

त्यसपछि ती सांसदलाई आफ्नो भनाइ फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसदमा सांसदहरूबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ सांसद सदस्य खालिल आतियहले भने । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया