प्रधानमन्त्री कपका लागि बैतडीको टोली घोषणा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । 

जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीका अन्य सदस्यमा खडक बोहरा, नरेन भट्ट, वीरेन्द्र नाथ, दीपक बोहरा, प्रेम बुडाल, लोकेन्द्र चन्द, भूपेन्द्र चन्द, डम्बर बुडाल, प्रदीप चन्द, प्रशान्त कार्की, जगदीश चन्द, सुरेन्द्र चन्द र गजेन्द्र बोहरा छन् । 

यस्तै, राजु भाट, सुनिल चन्द, ऋषिकेश बोहरा र दिपेन्द्र जोशी वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । बैतडीको उक्त टोली कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछ । बैतडीको पहिलो खेल पुस १७ गते डोटीसँग रहेको छ । 

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही २५ पुसदेखि काठमाडौंमा सुरु हुँदैछ । 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १३:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया