सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार तीन खेल हुँदैछन् । लिगको सातौं चरणअन्तर्गत आज हुने दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रिस्टार क्लबले जावलाखेल युथ क्लबकाे सामना गर्नेछ । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।
६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको थ्रिस्टार जावलाखेललाई हराउँदै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ । ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको जावलाखेल पनि आजको खेलमा जित निकाल्ने साेचमा छ ।
दिउँसाे २ बजे पाेखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आमनेसामने हुनेछन् ।
६ खेलमा १३ अंक जाेड्दै दोस्रो स्थानमा रहेकाे मनाङ ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लने साेचमा हुनेछ ।
एएफसी कप छनाेटकाे सम्भावना जीवितै राख्न मनाङलाई जित्नै पर्ने दबाब छ । ६ खेलमा ५ अंक जाेडेकाे ब्रिगेड पनि मनाङलाई हराउँदै अंक तालिकामा माथि उक्लन चाहन्छ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब र च्यासल युथले प्रतिस्पर्धा गर्नेेछन् ।
६ खेलमा १२ अंक जाेडेर तेस्रो स्थानमा रहेकाे संकटा आफ्नो अपराजित यात्रालाई कायम राख्ने प्रयासमा हुनेछ ।
६ खेलमा ४ अंक जाेड्दै १३औं स्थानमा रहेको च्यासल पनि आज जित निकालेर रेलिगेसन जाेनबाट बाहिर निस्कने दाउमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।