logo-img

सन् २०२१ : महामारीबीच १८२ देशबाट नेपाल भित्रिए पर्यटक, १५ लाखले गरे आवतजावत

कोरोना महामारीबीच सन् २०२१ मा नेपालमा १५ लाखभन्दा बढी स्वदेशी तथा विदेशीले आवतजावत गरेको पाइएको छ ।

अध्यागमन विभागका अनुसार वर्ष २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जना स्वदेशी तथा विदेशीले आवतजावत गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुले आवतजावत गरेका हुन् । 

गत वर्ष विभिन्न देशबाट नेपाल आउने स्वदेशी तथा विदेशीको संख्या ७ लाख ३८ हजार ५४ थियो भने नेपालबाट बिभिन्न देश जानेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।

विभागका अनुसार नेपाल आउनेमा ५ लाख ९४ हजार २४० जना पुरुष र १ लाख ४३ हजार ५५० जना महिला थिए । नेपाल आएकामध्ये २६४ जनाको पहिचान खुलेको छैन ।

यस्तै, नेपालबाट अन्य देश जाने स्वदेशी तथा विदेशी नागरिकमा ६ लाख २८ हजार ८११ जना पुरुष र १ लाख ५४ हजार २९७ महिला रहेका छन् । नेपालबाट विदेश गएकामध्ये २७२ जनाको पहिचान खुलेको छैन ।

१८२ देशबाट पर्यटक आए



कोरोना महामारीका बाबजुद पनि सन् २०२१ मा नेपालमा १८२ देशबाट पर्यटक आएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत वर्ष १८२ देशका २ लाख ८७ हजार ७७९ जना पर्यटकले नेपालमा आवतजावत गरेका थिए ।



सन् २०२१ मा १ लाख ५० हजार ९६२ जना विदेशी नेपाल आएका थिए भने १ लाख ३६ हजार ८१७ जना विदेशी नेपालबाट आफ्नो देश फर्केका थिए ।

नेपाल आएका विदेशीमा १ लाख ५ हजार २६० जना पुरुष र ४५ हजार ४८७ जना महिला रहेका थिए । नेपाल आएका विदेशीमध्ये २१५ जनाको पहिचान खुलेको छैन ।

यस्तै, नेपालबाट फर्कने विदेशीमा ९५ हजार ८८५ जना पुरुष र ४० हजार ७०८ जना महिला रहेका छन् । नेपालबाट फर्कनेमध्ये २२४ जना विदेशीको पहिचान खुलेको छैन ।

गत वर्ष भारतबाट ६४ हजार ६७३ जना, अमेरिकाबाट २२ हजार ८५३ जना, बेलायतबाट ८ हजार ६८० जना , बंगलादेशबाट ५ हजार ४४ जना, चीनबाट ६ हजार १९६ जना पर्यटक नेपाल आएका थिए ।

नेपाल आउने–जाने १२ लाखभन्दा बढी नेपाली

गत वर्ष नेपालमा १२ लाखभन्दा बढी नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेका छन् ।

विभागका अनुसार वर्ष २०२१ मा विमानस्थलबाट स्वदेश तथा विदेश आवतजावत गर्ने नेपालीको कूल संख्या १२ लाख ३३ हजार ६५५ रहेको छ ।

सो अवधिमा बिभिन्न देशबाट ५ लाख ८७ हजार ९२ नेपाली स्वदेश फर्केका थिए भने ६ लाख ४६ हजार ५६३ जना नेपालीले स्वदेशबाट विदेश लागेका थिए ।

नेपाल फर्कने नेपालीमा ४ लाख ८८ हजार ९८० जना पुरुष र ९८ हजार ६३ जना महिला रहेका छन् । स्वदेश फर्कनेमध्ये ४९ जना नेपालीको पहिचान खुलेको छैन ।

यस्तै, नेपाल छोडी विदेश जाने नेपालीमध्ये ५ लाख ३२ हजार ९२६ जना पुरुष र १ लाख १३ हजार ५८९ जना महिला रहेका छन् । विदेश जानेमध्ये ४८ जना नेपालीको पहिचान खुलेको छैन ।

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया