संविधान र पार्टी विधानमा ‘बीपी’को नाम उल्लेख नभएकोप्रति विश्वप्रकाशको असन्तुष्टि

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका संस्थापक नेता बीपी कोइरालालाई संविधान र पार्टी विधानमा नलेखिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

समावेशीता शब्द संविधान र कांग्रेस विधानमा भने लेखिएको बताए । जुन व्यवस्थाको जग खन्ने र कार्यान्वयन गर्ने काम बीपीले गरेको उनको दाबी छ ।

त्यसलाई पुष्टि गर्न शर्माले भने, ‘जनताले चुनेर २०१६ सालको जेठको १३ गते प्रधानमन्त्री भइसके पछाडि बीपीले मन्त्रीमण्डल बनाउँदै गर्दा कुनै ब्राह्मणको छोरालाई अन्तबाट पनि भेट्नुहुन्थ्यो होला खस–आर्यबाट । तर, उहाँले पाँचथरबाट एउटा लिम्बूको छोरो प्रेमराज आङदेम्बेलाई मन्त्री बनाउनुभयो । अलिक पछि भोजपुर जाँदै गर्दाखेरी खस आर्य अन्त भेट्नुहुन्थ्यो होला । त्यहाँबाट राईको छोरा देवानसिंह राईलाई मन्त्री बनाउनुभयो ...।

१४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि शुक्रबार पहिलो पटक ताप्लेजुङको साब्लाखु पुगेका उनले बीपीलाई समावेशिताको अभ्यास गर्ने नेताको रूपमा चित्रण गरे ।

उनले बीपीले सुरुवात गरेको समावेशिता सिद्धान्तकै आधारमा महिलाहरू पनि देशको महत्वपूर्ण जिम्मेवारीमा अगाडि बढेको बताए ।

यसरी बीपीले २०१६ सालमा व्यावहारिक रूपमा कार्यान्वयन गरेको ‘समावेशिता’ २०७२ मा जारी संविधानमा उल्लेख हुँदा उनको पनि नाम लेखिएको भए हुने बताएका हुन् ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १८:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया