सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएकाे छ ।
आर्मीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा न्यू राेड टिम (एनआरटी) माथि १-० काे कठिन जित हात पारेकाे हाे ।
खेलकाे १७ औं मिनेटमा दिनेश हेन्जनले गरेकाे एक मात्र गाेल आर्मीलाई जित दिलाउन प्रयाप्त बन्याे ।
उनले जगिजत श्रेष्ठकाे पासलाई सदुपयाेग गरेका हुन् ।
खेलमा पकड जमाएकाे भए पनि आर्मीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन।
६२ औं मिनेटमा जर्जप्रिन्स कार्कीकाे प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरियाे ।
७३ औं मिनेटमा आर्मीका कप्तान भरत खवासकाे प्रहारलाई एनआरटीका गाेलरक्षक अजित प्रजापतीले उत्कृष्ट बचाउ गरे ।
यो जितसँगै आफ्नो अपराजित यात्रा कायम राख्दै ८ खेलमा १४ अंक जाेडेर आर्मी चाैथाेमा स्थानमा यथावत छ ।
पराजित एनआरटी १० अंकका साथ साताैं स्थानमा कायम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।