logo-img

बैतडी एमाले अध्यक्षमा जुटेन सहमति, आज निर्वाचन हुने

नेकपा एमाले बैतडीको नेतृत्वको लागि निर्वाचन हुने भएको छ । शनिबारदेखि छलफल भए पनि सहमति जुट्न नसक्दा निर्वाचन हुन लागेकाे हाे । 

सहमतिमै देशभर नेतृत्व चयनको लागि निर्देशन भएपनि बैतडीमा दुई गुट बनेका कारण सहमति बन्न नसकेको हो । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अडिग देखिएपछि सहमति जुट्न नसकेको हो ।

‘टिके प्रणालीभन्दा चलायमान नेतृत्व आउनुपर्छ भन्ने सबैको माग भएपछि लोकतन्त्रको सुन्दर पाटो चुनाव रोजेका हौं,’  चन्द प्यानलबाट सचिवका उम्मेदवार रहेका सन्तोष जोशीले भने ।

पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी, सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, चन्द प्यानलबाट उपाध्यक्षमा भरत महरा, सचिवमा सन्तोष जोशी, सहसचिवमा जनकबहादुर चन्द र भगीरथ कुँवर उम्मेदवार बनेका छन् । 

मतदान हुने भएपछि नयाँ तालिका सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला कमिटीसदस्य लोकबहादुर भण्डारीले बताए । निर्वाचनमा जिल्लाभरिबाट प्रतिनिधित्व गरेर आएका ५०९ जनाले मतदान गर्न पाउनेछन् ।

मतदान भएलगत्तै आज नै मतगणना हुने बताइएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया