logo-img

फेक एकाउन्टबाट ब्ल्याकमेलपछि बलात्कार

प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक पनौती १ स्थायी घर भई  सुनधारा बस्ने २१ वर्षीय सुजन श्रेष्ठ एक नाबालिकालाई ब्ल्याकमेल गरेर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।  

सौगात महर्जन नामको फेक एकाउन्टबाट श्रेष्ठले नाबालिकालाई भिडियो कल गरेर संवेदनशील अंग देखाउन लगाउने गरेको र उक्त भिडियो कल भाइरल गर्दिने धम्की दिँदै भेट्न बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फेक एकाउन्टबाट २ महिनाअगाडि मात्र पीडित बालिका साथी बनेकी थिईन् । 

प्रहरीका अनुसार साथी बनिसकेपछि चिनजान अगाडि बढ्दै जाँदा बालिकालाई श्रेष्ठले बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाएर भिडियो कल रेकर्ड गर्दै ‘स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु’ भन्दै धम्की दिएपछि बाध्य भएर ती बालिका श्रेष्ठलाई भेट्न गएकी थिइन् ।

पुस २७  गते राति ८ बजेको समयमा पीडित बालिका  काठमाडौं बुढानिलकण्ठनजिकै रहेको एक निर्माणाधिन घरपछाडि भेट्न गएपछि उनलाई श्रेष्ठले जबरजस्ती करणी गरी फरार रहेको आरोप लागेको प्रहरीले जनाएको छ । 
 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अुनसार अनुसन्धानका विभिन्न विधिमार्फत अनुसन्धान गर्ने क्रममा सौगात महर्जन नामको फेक एकाउन्ट आरोपी सुजन श्रेष्ठको रहेको पत्ता लागेको थियो । श्रेष्ठलाई ३० गते पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको मैनालीले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया