logo-img

रवीन्द्र मिश्रलाई पनि कोरोना संक्रमण

विवेकशील साझा पार्टी नेपालका अध्यक्ष रवीन्द्र मिश्रलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आफू सुरक्षित रूपमा होम आइसोलेसनमा बसेको बताएका छन् । साथै आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधानी  अपनाउन र आवश्यकताका आधारमा परीक्षण गर्न आग्रह गरेका छन् ।

'म पनि कोरोना पोजिटिभ देखिएको छु । गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु । अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको छु । अहिले सबै ठीकै छ,' उनले भने ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया