सुनसरीको बर्जु गाउँपालिका चिमडीमा जारी बर्जु महोत्सवमा स्थानीयले आगजनी र तोडफोड गरेका छन्।
मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित
स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् ।
कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरका टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीसमेत तोडफोड गरेको सुनसरी प्रहरीले जनाएको छ ।
।
सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो ।
कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मेला र महोत्सवलगायत कार्यक्रममा रोक लगाएको थियो । प्रशासनले रोक लगाएपछि खेशरीलाल आउने कार्यक्रम रोकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।