नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा पार्टीका राम्रा नेतालाई टिकट दिनुपर्ने बताएका छन् ।
राम्राेलाई नदिएर हाम्राेलाई भने टिकट दिन नहुने गुरुङले बताए । त्यसाे गरेर भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा समेत उनकाे जाेड छ ।
कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले जेठ मसान्तसम्ममा स्थानीय तह निर्वाचन गर्न निर्वाचन आयाेगलाई सुझाव दिएकै दिन उपसभापति गुरुङले निर्वाचनका लागि जुट्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
निर्वाचनमा नेताहरूकाे न्यायाेचित व्यवस्थापन गर्नुपर्ने पनि गुरूङकाे भनाइ छ ।
उनले भनेका छन्, 'प्रिय साथीहरू जेठ महिनामा हुने स्थानीय तहको चुनावमा जुटौँ । न्यायोचित व्यवस्थापनलाई ध्यान दिऔँ । हाम्रोलाई भन्दा राम्रोलाई टिकट दिलाऔँ । भ्रष्ट प्रवृत्तिलाई अन्त गरौँ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।