फेरि पश्चिमी वायुको प्रभाव बढ्दै, आज धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको हो ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा भने हिमपातको सम्भावना रहेको छ । आज राति पनि प्रदेश–१, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान पहाडी भू-भागमा आंशिक  बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार बुधबार रातिबाट फेरि पश्चिमी वायुको प्रभाव बढ्ने सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार ६:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया