हावाहुरीका कारण प्रदेश सभाको चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित
फरकधार / २१ माघ, २०७८

मधेस प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ ।



प्रदेश सभाले आज चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रम हावाहुरीका कारण स्थगित भएको हो ।

प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए । कार्यक्रमका लागि बनाइएको मञ्चहरू हावाहुरीले भत्काएको उनले जानकारी दिए । 



स्थगित भएको कार्यक्रम आयोजना गर्नेबारे अर्को मिति तय भएपछि पुनः सूचना प्रकाशित गरी सांसदहरूलाई जानकारी गराइने सचिव यादवले बताए ।



  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १५:३२:०,   अन्तिम अपडेट : माघ २१, २०७८ शुक्रबार १६:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया