logo-img

जुम्लामा जडीबुटी संकलन गर्न गएका ३४ जना पाटनमै बसे, खाद्यान्न खसालेर फर्कियो हेलिकोप्टर

जडीबुटी संकलन गर्न पाटन गएका जुम्लाको तातोपानी गाउँपालिकाका बासिन्दा हिउँमा फसेका छन् । गाउँपालिकाको वडा नम्बर ७ र ८ का ३४ जना बासिन्दा भारी हिमपात भएपछि पाटनमै फसेका हुन् ।

उनीहरू दुई साताअघि सेतक चिनी टिप्नका लागि पाटन गएका थिए । हिउँमा बस्ने स्थानीयहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट घर फर्कने क्रममा चिसोका कारण दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पाटनमा सेतक चिनी संकलन गर्न गएका तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको हो ।

जडीबुटी टिप्न गएका झन्डै ५५ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, अवतरण गर्ने ठाउँ नभएपछि हेलिकोप्टर खानेकुरा खसालेर फर्किएको छ ।  





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया